काठमाडाैं । दशैँमा घर फर्किने सर्वसाधारणका लागि लक्षित गर्दै सरकारले आजबाट देशभर लागू हुने गरी रुट परमिट खुला गरेको छ ।
असोज २३ गतेसम्म लागू रहने गरी आजबाट जुनसुकै सार्वजनिक सवारी जुनसुकै रुटमा पनि चल्न पाउने गरी रुट परमिट खुलाइएको हो ।
यातायात व्यवस्था विभागले बाटो ९सडक० का कारण भारबहन क्षमता तोकेर निषेध गरिएका आकार र प्रकारका सवारीसाधन बाहेकलाई आजबाट देशभरका रुटमा परमिट दिईएको जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसपाली दशैँमा काठमाडौँ उपत्यकाबाट २० लाख बढी मानिसहरु बाहिरिने अनुमान गरिएको बताएका छन् ।
दशैँका लागि यात्रुबाहक सवारीसाधनले पहिलो प्राथमिकता पाउने भएपछि अति आवश्यक सामान बोक्नेबाहेक सवारीसाधनलाई निषेध गरिएको छ ।
विभागले असोज १५ बाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म ठूला मालबाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS