काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेटमा विद्युतीय सवारीलाई प्राथमिकता राख्ने बताएका छन् ।
बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नेपाल नाडा अटोमोबाइल्स एशोसिसन अफ नेपालको सहकार्यमा आयोजना गरेको कार्याक्रममा मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।
नाफिजले इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेट २०८०/८१ को सुझावका लागि अन्तरक्रिया गरेको हो । सोही कार्यक्रममा मन्त्रीले ज्वालाले नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दो रहेको बताए । उनले भने,–‘पछिल्लो समय नेपालमा विद्युत गाडीको प्रयोग बढ्दो क्रममा छ, विद्युत उत्पादनमा पनि बढ्दै छ । अब विद्युतीय सवारी साधान बढाउन आवश्यक छ ।’
उनले सार्वजनिक सवारीलाई इलेक्ट्रिक भईकलको रुपमा प्रयोग गर्न बढाउन आवश्यकता रहेको बताए । उनले भने,–‘हामीले व्यवसायीलाई पनि उत्पेरित गर्ने गरि आगाडि बढ्ने छौं । आगामी बजेटमा इभिलाई हाम्रो प्राथमिकता नै छ ।’
उनले विद्युतीय सवारीमा निजी प्रयोजनका लागि बढी र सार्वजनिक रुपमा कम भएको बताए । उनले भने,–‘व्यक्तिगत रूपमा विद्युतीय गाडीको प्रयोग बढ्दो छ । तर, सार्वजनिक यातायातमा भने आकर्षण कम छ । आगामी नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय सवारी प्राथमिकतामा छन्।’
यद्यपि, नयाँ बजेटमा कुन कुन कार्यक्रम राख्ने भन्ने विषयमा भने अन्यौता रहेको मन्त्री ज्वालाको भनाई थियो । भौतिक तथा यातायात मन्त्रालयको बजेट घटेकाले नै यस्तो अन्यौलता आएको उनले बताए । उनले भने,–‘चालु आवको १ खर्ब ६७ अर्ब रहेको थियो । तर, नयाँ बजेटमा १ खर्ब १३ अर्ब रूपैयाँ मात्रै छ । अब नयाँ बजेटमा कुन कुन कार्यक्रम राख्ने भन्ने अन्यौलमा छ ।’
सोही अवसरमा मन्त्री ज्वालाले नयाँ बजेटमा समेट्नुपर्ने कुराहरुको एकमुष्ट सुझाव पेश गर्न समेत आग्रह गरे ।
FACEBOOK COMMENTS