काठमाडौं । सरकार र यातायात व्यवसायीबीच गृह मन्त्रालयमा भएको छलफल सकिएको छ ।
गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीका प्रतिनिधिबीच आज बिहान भएको छलफबाट समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने सहमति भएको छ ।
समितिमा व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन गरिने भएको छ ।
तर, यातायात व्यवसायीहरूले वार्ता निष्कर्षमा नपुगेसम्म यातायात बन्दको कार्यक्रम जारी राख्ने बताएका छन् ।
सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा यातायात व्यवसायीहरूले देशव्यापी चक्काजाम घोषणा गरेका हुन् ।
गाडी नचल्दा यात्रीहरू मर्कामा परेका छन् भने तिनै राइड शेयरिङ एपहरूले यात्रुसँग मनपरी भाडा लिएर लुट मच्चाइरहेका छन् ।
सरकार र यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता
FACEBOOK COMMENTS