काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा भएको तेस्रो सम्मेलनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
वाईसिएलको अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकाङ्क्षी रहेका थिए ।
२०४३ साल पुस ७ गते दाङमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए ।
अध्यक्ष महासचिवबाहेकका अन्य पदमा पदाधिकारी घोषणा हुन बाँकी छ ।
FACEBOOK COMMENTS