काठमाडौं । योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना व्यूँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्ययमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए ।
अन्तरपार्टी युवा, विद्यार्थी र जेन–जी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए ।
‘एक वुथ सय यूथ’ सबै वुथ केन्द्रमा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्न निर्देशन दिए ।
FACEBOOK COMMENTS