काठमाडौं । यती एअरलाइन्सले दुईवटा एटिआर ७२–५०० विमान थपेको छ ।
कम्पनीले थपेका थप दुई वटा विमान आज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् ।
७२ सिट क्षमताको विमान बंगलादेशबाट खरीद गरेको छ । आवश्यक कागजी प्रक्रिया पूरा गरी आगामी १ सातापछि उडान सेवा दिने कम्पनिले जनाएको छ ।
सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्याउने लक्ष्य रहेको कम्पनिले जनाएको छ ।
एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ ।
FACEBOOK COMMENTS