काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव बुधबार काठमाडौं आइपुगेका छन्।
काठमाडौंआउना साथ् योगगुरु रामदेव तथा आचार्य बालकृष्णले खुमलटारस्थित निवास पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ।
