काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उपाध्यक्ष संसदीय दलको नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले उपाध्यक्ष रामबहादुर रामबहादुर थापा ’बादल’लाई दलको नेता बनाएको प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।
बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई दलको नेता चयन गरेको थियो ।
दलको नेतामा थापा र युवा नेता सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, नेम्वाङले समर्थक र प्रस्तावकसमेत नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
एमालेको व्यापक पुनर्गठनमार्फÞत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको भट्टराईले बताए ।

