काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी रूपान्तरणका लागि सुझाव माग गरेका छन्।
भट्टराईले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामपछि पार्टीले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
सामाजिक सञ्जालमार्फत आम नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग अपिल जारी गर्दै उनले निर्वाचनको नतिजाले पार्टीलाई ठूलो धक्का पुगेको बताएका छन्। यसको वस्तुनिष्ठ समीक्षा अनिवार्य भएको उनको तर्क छ।
“फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नु पर्दछ। समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ,” उनले लेखेका छन् , “यसका लागि निम्न विषयमा राय, सुझाव, टिप्पणी पठाउन अनुरोध गर्दछु।”
भट्टराईका अनुसार समीक्षा आग्रह वा पक्षपातभन्दा माथि उठेर हुनुपर्नेछ। उनले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

FACEBOOK COMMENTS