ताप्लेजुङ । ताप्लेजुङमा पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन् ।
कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए।
कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध ’नो केबलकार समूह’ र ’पहिचानवादी समूह’ले नाराबाजी गरेका थिए।
अपराह्नतिर कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए । भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए।
लगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएका प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS