काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका छन् ।
शुक्रबार सम्पन्न सीएनआईवाइईएफको आठौँ वार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामानयाँ कार्यसमिति चयन गरेको हो।
समितिको निवर्तमान अध्यक्षमा मनिष श्रेष्ठ, लर्निङ चेयरमा चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसनचेयरमा शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयरमा निदा दून मल्ल चयन भएका छन् ।
त्यस्तै, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयरमा सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयरमापुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयरमा यश अग्रवाल, र फाइनान्स एन्डइन्टरनेसनल रिले्सन्स चेयरमा अङ्कुर अग्रवाल चयन भएका छन् ।
साथै, को–चेयरको मेम्बरसिप एन्डइन्टिग्रेसनमा न्यान्सी अग्रवाल, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसनमा सचेत मानन्धर र गभर्नमेन्ट एन्डडिप्लोम्याटिक रिले्सन्समा चेतन प्रधानलाई चयन गरिएको सभाले जनाएको छ ।

यसका साथै, सभाले वर्षभरि मञ्चमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा प्रादेशिक च्याप्टरहरूलाई समेतसम्मान गरेको छ । मोस्ट एक्टिभ मेम्बरमा जितेन्द्र बहाती र नेहा अग्रवाललाई सम्मान गरिएको छ भनेआउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डमा सुधिज्ञ पन्त सम्मानित भएका छन् ।
त्यस्तै, च्याप्टर ग्रोथ अवार्डमा सीएनआईवाइईयफ लुम्बिनी च्याप्टर र च्याप्टर एक्सेलेन्स अवार्डमासीएनआईवाइईयफ कोशी च्याप्टरलाई सम्मान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा। पुकार मल्लले सरकारले उद्यमशीलता विकाससुविधाका लागि रू। ५० करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले सीएनआईवाइईयफसँग सहकार्य गरेर युवा लक्षित उद्यमशीलताका कार्यक्रम अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
त्यसैगरी, सीएनआईका अध्यक्ष बीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक समृद्धिमा युवा उद्यमीहरूको भूमिका निर्णायक हुने बताउँदै नयाँ नेतृत्वलाई शुभकामना दिए ।