काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नेकपा एमाले निकट युवा संघले साइबर ब्यूरोमा उजुरी दिएको छ ।
बालेनको सामाजिक सञ्जालको स्टाटसलाई लिएर उजुरी दिन युवा संघ विहीबार साइबर ब्यूरो गएको हो ।
केही दिनअघि मेयर बालेन शाहले सामाजिक सञ्जालमा अश्लील स्टाटस लेखेका थिए । उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले साइबर ब्यूरोमा उजुरी दिएको स्रोतले जनाएको छ ।

FACEBOOK COMMENTS