युट्युबर रतन कार्की प्रहरीको नियन्त्रणमा
काठमाडौं । युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार चितवनबाट कार्कीलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।‘निर्वाचन आचारसंहिता विरूद्ध सामाजिक सञ्जालमा सामग्री पोष्ट गरेकाले नियन्त्रणमा लिइएको हो,’ उनले भने। उनी हालै हुने निर्वाचनका लागि जापानबाट फर्किएको बताएका थिए।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed