काठमाडौं । ‘योयो प्लाइउड’ इण्डष्ट्रिज प्रा.लि.मा ट्रेड युनियन गठन गर्न खोजेपछि उद्योगका मजदुर नै बिरोधमा उत्रिएका छन् । कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका स्थानीयलाई प्रतक्ष रोजगारी दिदै आएको विगत ४ वर्षदेखि स्थापित उद्योगमा हाल कार्यरत नरहेका गैर मजदुरलाई संगठित गरी जवर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि उद्योगमा कार्यरत सबैजसो मजदुर त्यसको प्रतिकारमा उत्रिएका हुन् ।
चार वर्षदेखि सञ्चालनमा रहेको प्लाइउड कारखानामा स्थानीय र भारतीयसहित तीन सय मजदुर कार्यरत छन् । मजदुरको सहमतिबिना कार्यरत नरहेका फर्जी कर्मचारीको हस्ताक्षर गराएर गठन गरिएको ट्रेड युनियनको खारेजी माग गर्दै मजदुरले विरोध गरेका थिए । मजदुरहरूले गत सोमबार नेपालगञ्जस्थित श्रम कार्यालयमा विरोध गरेका थिए ।
उद्योगमा कार्यरत अधिकांश कर्मचारीले ट्रेड युनियनको आवश्यक नरहेको बताएका छन् । उद्योगमा कार्यरत एक महिला कर्मचारीले आफूलाई ट्रेड युनियनको नभइ कामको आवश्यकता रहेको बताइन् । उनले भनिन्, ‘सञ्चालकले कुनै पनि मजदुरलाई दुःख नदिने र कर्मचारीको खुसी नै मेरो खुसी रहेको बताएका छन् । उद्योग नोक्सानमा गए पनि मजदुरले पाउने सेवा सुविधामा कुनै पनि कमी नल्याउने बताएका छन् ।‘
जबर्जस्ती गरेर कसैलाई दबाब दिन्न नमिल्ने उनको भनाइ छ । कसैलाई रुवाएर आफू हाँस्न नमिल्ने उनले बताइन् । कम्पनीले कुनै पनि मजदुरलाई नदिने भनेर नभनेको उनले सुनाइन् । सञ्चालकले कुनै पनि मजदुरलाई असर नपार्ने आश्वासन दिएको उनले बताइन् । घाटामा रहेको योयो कारखानाले कुनै पनि मजदुरलाई नरुवाउने उनले दाबी गरिन् । ‘हामीलाई युनियन चाहिएन मात्र रोजगार चाहिएको छ,’ उनले सुनाइन् ।
घाटामा गएको कारखानालाई बन्द गर्न षडयन्त्र गरी ट्रेड युनियन घुसेको स्थानीय मजदुर राधेश्याम अधिकारीले बताएका छन् । ‘हामीलाई युनियन चाहिएको छैन। रोजगारी चाहिएको छ । घाटामा गएको कारखानाले मजदुरलाई रोजगारी दिन्छ भने अरूलाई के को आपत्ति हो?,’ उनले प्रश्न गरे ।
उद्योग बन्दा हामी जस्ता मजदुरलाई प्रत्यक्ष असर पर्ने अर्का स्थानीय मजदुर राम खट्टेले बताएका छन् । कुनै पनि राजनीतिक दलको आस्थामा लागेर युनियन खडा गरी उद्योगलाई असर पुर्याउँन नहुने उनले बताए । उद्योगमा ट्रेड युनियन खडा गर्नुभन्दा पनि उद्योगलाई स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
‘स्थानीयस्तरमा उद्योग हुँदा स्थानीय मानिसले रोजगार पाउँछन्,’ उनले भने । उद्योग स्थापना भएदेखि स्थानीय मजदुरले रोजगार पाएका छन् ।
FACEBOOK COMMENTS