साहारा जोशीको अध्यक्षतामा नेपाली युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति गठन भएको छ । मञ्चको १९ औं वार्षिक साधारण सभा जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
त्यस्तै मञ्चको प्रथम उपाध्यक्षमा कुशल सुन्दर श्रेष्ठ, दोस्रो उपाध्यक्षमा सुश्री निभिता प्रधान, महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ, र कार्यकारिणी सदस्यहरुमा बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, श्रीआभूषण ज्योति कंसाकार र युनेश राज श्रेष्ठ रहेका छन् । त्यस्तै तत्कालिन पूर्व अध्यक्ष रितेश लामिछाने पनि कार्यसमितिमा रहेका छन् ।
मञ्चका अनुसार सो अवसरमा फोरमका विगतका गतिविधि र भावी पहलका बारेमा पनि प्रस्तुति गरिएको थियो । नवनिर्वाचित अध्यक्ष सहारा जोशीले २०८०र८१ को लागि आफ्नो योजना साझा गरेकी छिन् भने अन्य सबै समिति सदस्यहरूले फोरमको मूल मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् ।
उद्यमशीलता र युवाको क्षेत्रमा अनुकरणीय संस्था बन्ने लक्ष्य राख्दै मञ्चले सकारात्मक र समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउने प्रयास जारी राख्ने जनाएको छ । मञ्चले इच्छुक र भावी युवा उद्यमीहरुलाई विभिन्न कार्यक्रमहरु जस्तै – युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेन जस्ता पहलहरू मार्फत निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
यस अभियानलाई निरन्तरता दिदै थप मजबुत बनाउने नवनिर्वाचित अध्यक्ष जोशीले बताइन् । नयाँ समितिले सिकाइ र बृद्धिलाई बढावा दिन उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्ने महत्त्वमा पनि जोड दिएको जनाएको छ ।
FACEBOOK COMMENTS