काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ‘कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड, २०२४’बाट सम्मानित गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन)ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘बेस्ट एयरलाइन्स अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।
३४ वर्षदेखि निगमको विभिन्न विभाग र तहमा रहेर काम गर्नुभएको तथा पछिल्लो समय कार्यकारी अध्यक्ष बनेर निगमलाई पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई ‘कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको हो ।
काठमाडौंस्थित होटेल ह्यात प्लेसमा फागुन २० गते आयोजित भव्य समारोहमा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, अवार्ड छनोट समितिकी संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष, सुष्मा महरा र कर्पोरेट मिडियाकी बिजनेश डिरेक्टर संगीता खत्रीलगायतले अवार्ड प्रदान गरे । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतद्वारा अवार्ड प्रदान गर्ने तयारी गरिए पनि अन्तिम समयमा भएको राजनीतिक परिवर्तनका कारण उनी स्वयम् उपस्थित हुन नसकेपछि अर्थमन्त्री महतद्वारा हस्ताक्षरित अवार्ड तथा सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि दिल्लीबहादुर सिंहले प्रदान गरेका थिए ।
तल्लो तहबाट काम सुरू गरी सोही संस्थाको नेतृत्व तहसम्म पुग्न सफल बनेका अधिकारी २७८ कात्तिक ८ गतेयता निगमको कार्यकारी अध्यक्ष छन् । त्यसअघि उनले निगमको आन्तरिक अडिट विभाग, दुई पटक आर्थिक विभाग, सामान्य सेवा र सम्पत्ति विभाग, उडान समीक्षा समिति र मान शंसाधन विभागमा निर्देशक भएर काम गर्नुभई महत्वपूर्ण अनुभव हासिल गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानुन शंकायमा बीएल गरेका उनले निगमलाई महत्वपूर्ण योगदान पुर्याएका छन् । सो योगदानको कदर गर्दै उनलाई यसअघि विभिन्न नौवटा पुरस्कार र प्रशंसाहरू समेत प्राप्त भएको छ ।
यसका अलावा उनी फोर एच क्लब इलामको अध्यक्ष, नवीन स्मृति ग्रन्थको सम्पादक, विभिन्न कविता, गजल र गीतहरू तथा नेपाल वायु सेवा निगमसम्बन्धी लेख लेख्ने लेखक समेत हुन् । उनले लेखेका गीत ‘देउरालीको फूल’ एल्बमका रूपमा बजारमा आएको छ भने अन्य धेरै गीतहरू रेकर्ड भइसकेका छन् ।
यी समाचारहरू पनि पढ्नुहोस्
FACEBOOK COMMENTS