काठमाडौँ । अफवाह फैलाएको कसुरमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन् ।
उनलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले बताए । उनी बुधवार साँझ छुटेका हुन् ।
महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक टिप्पणी गर्दै अपशब्द बोलेपछि माघ १३ मा सफल पक्राउ परेका थिए । महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको उनले आरोप लगाएका थिए ।
सफललाई कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माघ ८ मा काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।
FACEBOOK COMMENTS