काठमाडौं। नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ। आगामी माघ २२ र २३ मा हुने सम्मेलनमा विज्ञान र प्रविधिका विधाबारे अनुन्धानात्मक छलफल हुनेछ। शिक्षा मन्त्रालयको सहकार्य रहने युवा वैज्ञानिक सम्मेलन नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलजले आयोजना गर्नेछन्।
यस्तै, नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्निोलोजी (नास्ट), नेसनल इनोभेसन सेन्टर (एनआइसी), युनेस्को नेपाल, रिसर्च एन्ड डेभलपमेन्ट सोसाइटी (आरडिएस) र साइन्स टिचर्स नेपाललगायतको सहकार्यमा सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले शोधकर्ताको रुपमा भाग लिन सक्ने आयोजकले जनाएको छ। युवा शोधकर्ताका लागि इन्जिनियरिङ र रोबोटिक्स, जीवन विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान र गणितका साथै कम्प्युटर विज्ञान तथा इन्डिजेनिएस ज्ञान र प्रविधि गरेर ६ वटा विधा तोकिएको छ ।
सम्मेलनमा प्रस्तुत विषयवस्तु, भिडियो क्लिपका साथै पोस्टर र मौखिक रुपमा प्रस्तुतीकरणका आधारमा उत्कृष्ट छनोट गरिनेछ।
सम्मेलनमा सहभागी युवालाई प्रमाणपत्रका साथै ६ वटै विधाका विजेतालाई पदकसमेत प्रदान गरिनेछ।
प्रत्येक विधाका विजेताले १३औं एसिया प्यासिफिक सम्मेलनमा सहभागिताका लागि आवेदन दिन पाउनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खोज अनुसन्धानमूलक गतिविधिमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ।
FACEBOOK COMMENTS