काठमाडौं । नक्सालस्थित होटल क्राउन प्लाजामा केटा साथीसँग बस्न पुगेकी युवतीको शंकास्पद मृत्यु भएको छ । अस्पतालले युवतीको जलेर मृत्यु भएको बताएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चाबहिल बस्ने ती युवती बाराको सिमराका केशव रिजालसँग बस्न पुगेकी थिइन् ।
जलेको अवस्थामा वीर अस्पताल पुर्याइएपनि त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा युवतीको त्यहाँ मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले बताए ।
प्रहरीले रिजाल र होटलका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका-१४ का २६ वर्षीय केशव रिजाल छन्। श्रेष्ठ होटलका कर्मचारी हुन् भन् रिजाल मृतककी प्रेमी हुन्।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
FACEBOOK COMMENTS