काठमाडौं । सीएफ मोटो तथा जिहो स्कुटरको को नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जिहोको दुई स्कुटर र सीटी स्पोटर्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको छ ।
कम्पनीले सोमबार एक कार्यक्रम गरी जिहोको ‘जिहो एई–६ प्लस, जिहो एई–६ प्लस लङ रेन्ज’ र सीटी स्पोटर्स नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाली बजारमा जिहोको एई८ मोडलमार्फत आफ्नो बजार विस्तार गरेको थियो ।
बिक्रेता ऋषि ट्रेड सेन्टरका अनुसार जिहो एई ५ प्लसको मूल्य ३ लाख ४४ हजार ९०० सय रुपैयाँ, जिहो एई–६ प्लस लङ रेन्ज मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ र सीटी स्पोटर्स इलेक्ट्रिक बाइकको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
एई ६ प्लस
यो स्कुटरमा १.८ किलोवाट क्षमताको ब्याट्री रहेको छ । जसमा ५.५ किलोवाट पीक पावर क्षमता मोटर छ । यो एक पटकको फुल चार्जमा ९० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
एई ६ प्लस लङ रेन्ज
यसमा ३.६ किलोवाट क्षमताको ‘रिमुभेवल लिथि
यम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ । यो एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
यस्तै ५.५ किलोवाट पीक पावर क्षमताको मोटर रहेको छ ।
सीटी स्पोटर्स
यो बाइकमा ३.५ किलोवाट क्षमताको मिड मोटर रहेको छ । यसको टप स्पीड ६२ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा २ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध छ ।
यसलाई ०–८० प्रतिशत चार्ज गर्न ३ घण्टाभन्दा कम समय लाग्ने कम्पनीले जनाएको छ भने एकपटक फुलचार्ज गरेर यसलाई ८० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
यसमा अपसाइड डाउन फर्क, मोनोशक, एलईडी लाइट्स, १७ इन्च टायर, डिस्क ब्रेक, स्मार्ट की जस्ता फिचर पाउन सकिन्छ । कम्पनीले बिक्री गर्ने यो इलेक्ट्रीक बाइक सिटी रोड लिगल रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS