काठमाडौं । नवीनतम इलेक्ट्रिक स्कुटरमा अग्रणी ‘जीहो’ ले ‘एई४’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ ।
यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताका अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध एई४ ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने विश्वास गरिएको छ ।
दक्षताका लागि डिजाइन
एई४ को ३.० केडब्ल्यू मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै +६५ किलोमिटटर प्रतिघण्टाको गति पुर्याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।
सुरक्षा र नवीनतम प्रविधिको मेल
सुरक्षालाई प्राथमिकता दिँदै एई४ मा रहेको एबीएस र ईटीसीएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रण प्रदान गर्दछ । अतिरिक्त सुविधाहरू, जस्तैः कोलिजन वार्निङ सिस्टम र स्लोप होल्ड ले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनएफसी कीलेस इन्ट्री प्रणाली र डिजिटल की, पासवर्ड तथा मेकानिकलजस्ता बहुविधि अनलकिङ तरिकाहरूले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।
न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी
एई४ को ७४ भी २७ एएह एटीएल लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किलोमिटर वा १७० किलोमिटरका विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि टाइप-सी र यूएसबी चार्जिङ पोर्टहरूले ग्राहकका उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो-कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।
FACEBOOK COMMENTS