काठमाडौं । जेन–जी आन्दोलनको मौका छोपेर महाराजगञ्ज प्रहरी वृत्तमा आगजनि, लुटपाट र प्रहरीमाथि आक्रमणमा संलग्न एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका दोभाने घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय इन्द्रबहादुर राई छन् ।
इन्द्रको कोठा खानतलासीको क्रममा त्थउभ ५४ पेस्तोल, ७ राउण्ड गोलीसहितको म्याग्जिन र अन्दोलनको दिन लगाएको कपडा र जुत्ता बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । साथै उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट ज्यान सम्बन्धी कसूरमा मुद्दा चलेको अभिलेख भेटिएको भट्टराईले बताए ।
FACEBOOK COMMENTS