काठमाडौं । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै गत भदौ २३ र २४ गते भएको ’जेन जी आन्दोलन’मा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएकाहरुको समेत बयान जाँचबुझ आयोगको प्रतिवेदनमा समेटिएको छ ।
गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले घटनाको छानबिन गरी तयार पारेको प्रतिवेदनमा आन्दोलनका क्रममा घाइते भएका करिब २८ जना प्रदर्शनकारीको बयान समेटेको हो । जसमा सुरक्षाकर्मीबाट बिना चेतावनी निहत्था नागरिकमाथि ’ताकी–ताकी’ गोली प्रहार गरेको दाबी गरिएको छ ।
घाइतेहरूको बयानले शान्तिपूर्ण रूपमा सुरू भएको आन्दोलनमा प्रहरीले एक्कासि अश्रुग्याँस, रबर बुलेट र घातक धातुका गोली (लाइभ राउन्ड) चलाएको बताएका छन्। जसमध्ये अधिकांश घाइतेले घुँडाभन्दा माथि, छाती, पेट, टाउको र आँखामा गोली लागेको बयान दिएका छन्।

FACEBOOK COMMENTS