काठमाडौं । जेनजी आन्दोलनकी घाइते एकता शाहलाई नि:शुल्क एमबीबीएस अध्ययन सिफारिस गैरकानुनी नरहेको शिक्षा मन्त्रालयले जिकिर गरेको छ ।
सरकारको सिफारिसले कसैको अवसरलाई संकुचित र बाधा नपुर्याएको भन्दै शिक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको बचाउ गरेको छ ।
मिन्त्रालयका अनुसार सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधासमेत नपरेको जनाइएको छ ।
जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को दफा ११ अनुसार नै चिकित्सा शिक्षा आयोगको अनुरोध र यस मन्त्रालयको नियमानुसारको प्रस्तावमा यो निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सा शिक्षा आयोगबाट शैक्षिक वर्ष २०८२र८३ का लागि सञ्चालन भएको एमबीबीएस प्रवेश परीक्षामा शाहले ५७।५ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको थियो । यही चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबीबीएस पढाउने निर्णय गरेको थियो ।

