काठमाडौं । नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशनमा ‘जेनजी’ आन्दोलनमा आगजनीबाट विनाश भएका राष्ट्रिय सम्पदा समेटेर ‘बिर्सेका छैनौँ, बिर्सने छैनौँ’ डकुमेन्ट्री प्रस्तुत गरेको छ ।
शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा ‘आगजनीबाट खरानी बनाइएको न्यायालय, प्रशासनिक क्षेत्र सिंहदरबार, संसद् भवन, भागेका कैदी र आगो लिएर हिँड्ने कसैलाई पनि बिर्सेका छैनौँ र बिर्सने छैनौँ’ भन्दै डकुमेन्ट्री प्रस्तुत गरिएको हो ।
एमालेले युवा जाग्न, आगो निभाउन र देश निर्माणका निम्ति जुट्न आह्वान गरेको छ । पार्टीका युवाले विनाश गर्नेहरूलाई नबिर्सने सन्देश उक्त भिडियो डकुमेन्ट्रीमार्फत सार्वजनिक गरिएको छ ।
FACEBOOK COMMENTS