दाङ । जेन जी आन्दोलनको मौका छोपेर नख्खु जेलबाट भागी ठमेलमा युवकको हत्या गरेका आकाश मगर रोल्पामा पक्राउ परेका छन् ।
रोल्पा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीका अनुसार उनी गत असोज १३ गते मकवानपुरका २५ वर्षीय सुरज तामाङलाई ठमेलमा खुकुरी हानेर फरार भएका थिए । आकाश र सुरज चिनजानकै साथी भएको प्रहरीको भनाइ छ ।
सुरजको उपचारको क्रममा वीर अस्पतालमा भोलिपल्ट मृत्यु भएको थियो । आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा थिए ।
जेन जी आन्दोलनको क्रममा भदौ २४ मा नख्खुसहित देशभरको कारागारमा आगजनी र हुलदंगा गरी कैदीबन्दी भगाइएको थियो । सोक्रममा उनी भागेका थिए । आकाशलाई काठमाडौं पठाइएको रोल्पा प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS