काठमाडौं । जेन्जी आन्दोलनका क्रममा भएको प्रहरीको बल प्रयोग र झडपका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, देशभरका विभिन्न अस्पतालमा उपचारका क्रममा ३४ जनाको ज्यान गएको हो।
मन्त्रालयका अनुसार, आन्दोलनमा घाइते हुनेको संख्या १,३६८ पुगेको छ। तीमध्ये ३२१ जना अहिले पनि अस्पतालमा उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
मन्त्रालयले दिएको जानकारीअनुसार, काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल तथा बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ।
सामाजिक सञ्जाल बन्द, भ्रटचार र वेतिथीको विरुद्ध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए। सुरक्षाकर्मीको बल प्रयोगबाट दर्जनौँ प्रदर्शनकारी घाइते भएका थिए भने केहीको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको मन्त्रालयले जनाएको छ।
सरकारले देशभर शान्तिसुरक्षा कायम गर्न सैनिक परिचालनसहित निषेधाज्ञा लागू गरे पनि, प्रदर्शनको चपेटामा परेका नागरिकहरूमा आक्रोश कायमै रहेको देखिएको छ। मन्त्रालयले देशभरका अस्पतालहरूलाई आकस्मिक उपचारमा उच्च सतर्कता
FACEBOOK COMMENTS