काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले सिंहदरवारमा पनि आगो लगाएका छन् ।
उग्र बनेका प्रदर्शनकारीहरुले यतिबेला पूर्णरूपमा सिंहदरबार आफ्नो कब्जामा लिएर आगजनी गरेका छन् ।
कतिपयले सिंहदरबारभित्रका कोठा कोठा पुगेर आगजनी गरिहरेका छन् भने कतिपय हतियार नै बोकेर आफैं पड्काइरहेका छन् ।
केहि जेनजी प्रदर्शनकारीहरु सिंहदरबारको मूल गेटमाथि चढेर सिंहदरबारको मूल गेटबाटै झण्डा फहराएका छन् ।
FACEBOOK COMMENTS