काठमाडौं । ग्लोबल टेक ब्राण्ड जेडटीई कर्पोरेसनले आफ्ना स्मार्टफोन प्रयोगकर्ताहरूलाई लक्षित गर्दै शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी योजना ल्याएको छ ।
कम्पनीले अत्याधुनिक सुविधायुक्त भी७० म्याक्स र प्रिमियम भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू अब ६ महिनासम्मको सहज किस्तामा खरिद गर्न सकिने व्यवस्था गरेको हो ।
जेडटीईका अनुसार ग्राहकहरूले केवल नेपाली नागरिकता प्रमाणपत्रकै आधारमा नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन्। यस योजनामा कुनै जटिल कागजी प्रक्रिया छैन र ब्याजदर शून्य रहेको कम्पनीले जनाएको छ।
कम्पनीले प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव दिन जगदम्बा हायर पर्चेजसँग साझेदारी गरेर यो योजना सार्वजनिक गरेको हो। नेपालमा १५ हजारदेखि २० हजार रुपैयाँ मूल्यका स्मार्टफोनमा किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्राण्ड बनेको छ। कम्पनीले सबै नेपालीका लागि अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउने आफ्नो उद्धेश्यलाई यस योजनाले थप बल दिएको जनाएको छ।
यस योजनाअन्तर्गत १५,९९९ रुपैयाँ मूल्यको भी७० म्याक्स (६+१२८ जीबी) मोडेल खरिद गर्न चाहनेले ६ हजार ४०० रुपैयाँ अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,६०० रुपैयाँ किस्तामा तिर्न सक्नेछन्। यस्तै, १६,९९९ रुपैयाँ पर्ने भी७० डिजाइन (८+१२८ जीबी) खरिदका लागि ६,८०० रुपैयाँ अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,७०० रुपैयाँ किस्तामा तिर्न सकिनेछ। अलि बढी स्टोरेज क्षमता चाहनेहरूका लागि १८,९९९ रुपैयाँ पर्ने भी७० डिजाइन (८+२५६ जीबी) मोडेल खरिद गर्दा ७,६०० रुपैयाँ अग्रिम तिरेर बाँकी रकम ६ महिनासम्म मासिक १,९०० रुपैयाँ किस्तामा बुझाउन सकिने व्यवस्था गरिएको छ।
जेडटीईले यो शून्य प्रतिशत ब्याजदर किस्ताबन्दी योजनाले प्रविधिलाई अझ सर्वसुलभ बनाउने विश्वास व्यक्त गरेको छ। कम्पनीले नयाँ स्मार्टफोन किन्न चाहने ग्राहकहरूका लागि यो योजना विशेष अवसर सावित हुने दाबी गरेको छ।
FACEBOOK COMMENTS