काठमाडौँ — तनहुँको व्यास नगरपालिका वडा न. ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले आफनो तलब बापत आउने रकम वडामा रहेको शुक्र आधारभुत बिधालयलाई मासिक १० हजारको दरले एक बर्ष सम्ममा एक लाख बिस हजार दिने घोषणा गरेका छन् ।
शुक्र आधारभुत बिधालयको शनिबार सम्पन्न अभिभावक भेलाका क्रममा अध्यक्ष श्रेष्ठले उक्त घोषणा गरेका हुन ।
वडा अध्यक्ष श्रेष्ठले आफनो तलब मध्येबाट मासिक दस हजार रुपैयाको दरले २०७६ सालको शैक्षिक सत्रबाट एक बर्ष सम्म दिने घोषणा गरेका छन् ।
श्रेष्ठले अंग्रेजी विषय पढाउने निजि शिक्षक नियुक्तिको लागि उक्त रकम सहयोग गरेको बताए थिए ।
सोही अवसरमा श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई आफ्नो एक महिनाको तलब बराबरको १९ हजार ८ सय समेत सहयोग गर्ने घोषणा गरेका छन ।
FACEBOOK COMMENTS