काठमाडौं, फागुन १५ – नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का महिन्द्राको ब्रान्ड एम्बेसडर बनेका छन् । नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक विक्रेता अग्नि गू्रपले मंगलवार खड्कालाई आफ्नो एम्बेसडरमा नियुक्त गरेको हो ।
उक्त अवसरमा अग्नि ग्रूपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गरे । अलराउन्डर क्रिकेटर खड्का, राइटह्यान्डेड ब्याट्सम्यान, राइटआर्म मिडियम फास्ट बलर तथा अफब्रेक बलर हुन् ।
अग्नि ग्रूपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुशी व्यक्त गरे । ‘अग्नि ग्रूपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रूपको डिस्ट्रिब्युटरशीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवद्र्धक रहिसकेको छु,’ खड्काले भने । आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमितकताको सूचीमा पर्ने गरेको उनले बताए ।
यसअघि १० जेठ २०७६ मा अग्नि ग्रूपले पूर्व मिस नेपाल शृंखला खतिवडालाई ३ वर्षका लागि एम्बेसडर नियुक्त गरेको थियो । पारस खड्कालाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको ग्रूपले बताएको छ ।
FACEBOOK COMMENTS