उज्वलजंग शाह / सरोज ओझा प्रसँग शुरु गरौ रवि लामिछानेबाट । केहि समय अगाडी सालिकराम पुडानसैनिले आत्महत्या गर्दा रवि लामेछानेको नाम लिदै आत्महत्या गरे । त्यसैको आधारमा प्रहरीले रविलाई पक्राउ गर्यो । तर पक्राउ परेसंगै उनको रिहाईको माग गर्दै समर्थकहस् सडकमा उर्लिए । सडकमा भएको उक्त शक्त्ति प्रदर्शनले रबिलाई ढाढस त मिल्यो तर त्यसले न्यायलय र प्रहरी प्रशासनलाई भने दवावमा पार्यो । यद्यपी रवि विरुद्धको न्यायिक प्रकृया भने जारी नै छ । हाल रवि ५ लाख धरौटीमा तारिकमा रिहा भएका छन । लामिछानेले जेल बस्ने आट देखाउन सकेनन र आफु जस्तो ब्यक्तिलाई राज्यले अन्याय गर्यो भन्दै फेरि उच्च अदालत पुगे । सच्चाई आउन र्वाकी नै छ । अदालतमा भन्ने ठाउँ छदै थियो तर अदालतलाई पनि मान्ने पक्षमा थिएनन रवि अथवा यसो भनौं उनलाई न्यायलय प्रति विश्वास थिएन वा न्यायिक हिरासतमा बस्दैमा अपराधीको बिल्ला भिर्नु पर्ने डर हुँदो हो । चाहे उनी बिरुद्धको मुद्धा साचो होस वा झुटा गंभीर प्रकृतिको सवाल उठिसके पछि त्यसको निरूपण न्यायलयबाट नै हुनुपर्छ, त्यो नै विधीको शासनको पाटो हो । कार्वाहीको सन्दर्भमा कानुनी प्रावधानमा के छ, त्यसका आधारमा नै उनी माथि लागेको आरोप प्रमाणित भए उनी सजायको भागिदार बन्नै पर्छ र प्रमाण नपुगेको खण्डमा उनले सफाई त पाउछन नै त्यस बाहेक पनि उनको सम्मानपूर्वक बाच्ने पाउने अधिकारको लागि सबैले उनलाई लान्छनामुक्त गर्नु पर्दछ । अब प्रसङ कोट्याउ बलत्कारको आरोप खेपेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको । महरा तिनै ब्यक्ति हुन जसले ब्यवस्था परिवर्तनका लागि निकै संघर्सपूर्ण दिनहरु गुजारे । जनताका लागि होमिदै गर्दा आफ्नो जीवनलाई दाउमा राखेर अनेकौ दुस्ख कस्ट पनि भोगे । यस दौरानमा उनले भिर पाखा पखेरो गर्दै उपल्लो दर्जामा पुगेर देशको सेवा पनि गरेका छन् । तर तिनै महरा जीवनको उत्तरार्धमा कठिन मोडमा छन् । बलत्कार प्रयासको आरोपमा उनलाई प्रहरी हिरासतमा लिनेसम्मको काम भएको छ । त्यो पनि पिडित भनिएकी महिलाले अस्पस्टता प्रकट गरिरहेको अवस्थामा । उनले तारन्तार बोली फेरिरहिन । पहिले महरालाई मिडिया मार्फत आरोप सार्वजनिक गरेकी उनले पछि महरालाई बाबु समान भएको भनि उनी आँफैले बोलेकी छन । तर प्रहरीमा महरा बिरुद्ध जायरी दिनु पूर्व महराले नैतिकताका आधारमा राजिनामा दिए । किनकी उनलाई थाहा थियो कि जनाधार गुमेको नेताको हैसियत के हुन्छ भनेर । एका तर्फ आफनै दलको सरकार र अर्को तर्फ सरकारको बढ्दो अलोकप्रियता । त्यसैले पनि उनी झनै बिलखबन्दमा परे । राजिनामा नदिउं चिनिया राष्टपतिको नेपाल भ्रमण नै रद्ध हुनेसम्मको अवस्था । यता विपक्षी दलहरुले पाएको मौका, पक्कै पनि उनी सकसमा थिए । यहि मौकामा उनलाई पार्टीले पनि हतार हतार राजिनामा गर्न लगायो । त्यस भित्रको स्वार्थको पाटो त उजागर भैसकेको छ । शनिवार प्रकाशित एक दैनिक पत्रिका कान्तिपुरमा ओलीको अन्तर्वार्ता छापियो । कान्तिपुरका सम्पादक सुधीर शर्माले लिएको उक्त अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले निकै खुलेर कुरा गरेका छन् । यानिकी, प्रधानमन्त्री स्वयमले कान्तिपुर राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वाताको सार पनि महराले सभामुखको हैसियतले आफनो ईच्छा अनुसार काम नगरेको भन्ने सन्देश दिएका छन । एमसीसी संसदबाट किन अनुमोदन हुन नसकेको भन्ने प्रश्नमा ओली भन्छन्, ‘त्यसमा तत्कालीन सभामुखजी ९कृष्णबहादुर महरा० ले अलि बेठीक काम गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो ।’प्रधानमन्त्री ओली महरा प्रति अनुदार रहेको उनकै भनाई यथेस्ट प्रमाण हो । त्यसैले पनि उनलाई पार्टी नेतृत्वबाट असहयोग भएको स्पष्ट भएको छ । असहयोग मात्र होईन उनलाई गलत नियतवश फसाउने र उनको हुर्मत लिने सम्मको अप्रिय निर्णय पार्टी पंक्तिबाटै भएको आशंका महरा र उनी निकटस्थ नेता, कार्यकर्ता, शुभेच्छुक एबम परिवार जनको छ । महरा स्वयमले पनि घटनामा आफ्नो हात नरहेको स्पस्ट पारिसकेका छन । यद्यपी कानुन भन्दा माथि उठेर न्यायिक प्रकृयामा असहयोग गर्ने कुचेस्टा भने उनले गरेनन । त्यो नै उनको शालिनताको परिचायक हो । दशैको मुखमा उनी प्रहरी हिरासतमा गए । चाडबाडको छेकोमा उनको परिवारलाई समेत बसेको ठाउँबाट सर्न वाध्य तुल्याईयो । उनका श्रीमति, छोरा र सुत्केरी अवस्थाकी बुहारी एबम लालाबाला लिएर काठमाण्डौं सहर भौतारीरहे तर शालिन देखिए महरा उसको पनि सर्मथक नभएको त पक्कै होईन रु रिस पनि पकै नउठेको हैन होला रु यस्तो अवस्थामा पनि महरा मौन नै देखिए तर पनि उनी डगमगाएन । मिडियाहरुले उचालिरहे । कहिले रोशनिकोमा पुगे, हौवाहरु चलिरहे । यद्यपी शान्त स्वभाव नै प्रदर्शन गर्दै आएका छन महराले। न्यायिक निरुपण न्यायलयले नै गर्ने हो र आफ्नालाई उछालेर माहौल बिगार्नु मात्रै हो भन्ने उनले निर्कौल लिएको देखिन्छ । किनकि रानजितिक क्यारियरबाट आएको मानिस आक्रोशमा बोल्दा विरोधीहरुले झनै लगार्न खोज्लान भन्ने भाव उनमा रहेको हुन सक्छ । क्षितिज लाई चिर्दै घामको झुल्का झुल्के झै सत्य तथ्य विस्तारै वाहिर आईरहेका छन् तर पनि महरा शालिन नै देखिएका छन् । अदालत म्याद थप्दैछ महरा निष्पक्ष छानविनका लागि मौन र शालिन देखिन्छन । भष्ट्रचारले देश थलिएको छ । सरकार केहि ब्यत्तिहरुले बन्दि बनाएका छन । केहि पर्दा पैचो समेत दिन नसक्ने देश विदेशि देख्यो कि त कचौरा लिएर भिख मागेको छ । जनताहरु प्रति नै प्रति प्रश्न गर्न थालेको छ । अब कोही सुरक्षित छैनन भन्ने सन्देश पछिल्लो घटनाहरुले बताई रहेका छन । महरा काण्ड पनि त्यसैको एक उपज हो । महरा गलत नियतको शिकार भएको संकेत रोशनी शाही कै पछील्ला बयानहरुले पुस्टि गरेको छ । एउटा शालिन ब्यक्ति माथिको प्रपञ्चले हामी कति कमजोर छौ भन्ने कुरा पछील्ला घटनाक्रमहरु काफी छन । महराको मौन शालिनता वास्तवमै अग्नि परिक्षा हो । उनी दोषी छन या निर्दोष छन त्यो न्यायलयले नै छुटयाउने छ । किनकी विधीको शासन त्यसो भन्छ । भिड र हुलले मानिसको गुण र अवगुण पक्कै छुट्याउदैन । चाहे दलका नेताको हुल होस वा अरु कोही । महरा यसको पक्कै जानकार छन, त्यसैले त उनी मौन छन् । |
FACEBOOK COMMENTS