काठमाडौं, माघ १०- प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
आइतबार व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न मागसहित अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न रिटमा माग गरिएको छ ।
यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ ।
FACEBOOK COMMENTS