उत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । ती जिल्लाबाट आयातित तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वर लगायत तरकारी बजारमा बिक्री हुन्छ । सरकारी निकायले छिटफुट रूपमा कालीमाटी र बल्खु बजारमा अनुगमन गरे पनि जथाभावी मूल्य बढाउने व्यवसायीलाई कानुनी दायरामा ल्याउन सकेको छैन । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले खपत बढेकाले केही मूल्य बढेको बताए ।
‘खपत ह्वात्तै बढेको छ । तर आपूर्ति सामान्य नै छ,’ उनले भने, ‘यही मौकामा व्यापारीले पनि एक/दुई रुपैयाँ बढाए ।’ मूल्यको सन्दर्भमा आपूर्ति विभागले अनुगमन गरिरहेको उनले बताए । कृषि मन्त्रालयले पनि बिलबिजक सम्बन्धमा अनुगमन गर्ने उनले बताए ।
खुद्रा तरकारी पसलमा अनुगमनको सुरुवातै गरिएको छैन । तरकारी बजारलाई व्यवस्थित गर्न ६ वटा प्रतिवेदन बने पनि ती दराजमै थन्किएका छन् । किसान र उपभोक्ता ठगी गर्ने बिचौलियालाई कारबाही गरिएको छैन । जसले गर्दा बजार अराजक बन्दै गएको जानकारहरू बताउँछन् । ‘व्यापारीले सरकार चलाएको छ । सरकार कारबाहीको दायरामा ल्याउने हैसियतमा छैन, उपभोक्ताप्रति उत्तरदायी छैन,’ कृषि विज्ञ पौडेलले भने
।
FACEBOOK COMMENTS