बसन्त अर्याल
काठमाण्डाै – उद्योग व्यवसाय सबैले नाफा कमाउनको लागि नै गर्छन् । लगानी गर्दा जहाँ पनि डुब्ने संभावना धेरै नै हुन्छ । तर नेपालमा बैकमा लगानी गर्ने मान्छे लाई खासै फरक पर्दैन । उद्योग व्यवसाय गर्दा धेरैले बैंक बाट ऋण लिएर लगानी गर्छन् । व्यवसायी कहिले काहि लगानी उठाउन नसकी टाँट पल्टिन्छ तर ऋण लिएको बैंकलाई केहि असर पर्दैन । बैंकले जसरी पनि व्यवसायी बाट पैसा असुल्छ ।
नाडा अटो मोबाईल्स एसोसियसनका उपाध्यक्ष प्रकाश कपुरीले बैंकले कहिल्लै पनि व्यवसायीको मर्का नबुझेको बताएका छन् । उनले ‘ बैंक बाट ऋण लिएर लगानी गछौ , हाम्रो बजारबाट पैसा नउठेपनि बैंकलाई एक दिन पनि ढिला हुनु हुन्न । यदि ढिला भयो भने कालोसुचीमा नाम राख्छ त्यसले हाम्रो व्यवसायी झन चौपट हुन्छ । ’ भने ।
बैंक सधैं नाफामा हुँदा पनि व्यवसायीलाई कहिल्यै नहेरेको व्यसायीको गुनासो छ । सबै व्यवसायी डुब्न सक्छन् तर बैंक डुब्दैनन् किनकी बैंकले व्यवसायीको सम्पत्ति लिलामी गरेर पनि पैसा असुल गर्छन् ।
हेवी इक्युप्मेन्टका सभापति मिलन बहादुर मल्लले बैंकले थोरै समयमा नै प्रगति गर्ने तर अरु व्यसायीले डुब्ने भयो भने कसरी अर्थतन्त्र चल्छ भन्दै बैंकहरु प्रति प्रश्न गरेका छन् । उनले भने ‘ बैंकले एक म्यासेजको भरमा ब्याजदर बढाउँछ , हामी संग एकै दिनमा चुक्ता गर्ने पुँजी हुँदैन । यसले हामी व्यवसायी सधै मर्कामा पर्ने गरेका छौं ।’
व्यजबढाउन बैंक हतार गरे पनि घटाउन भने चसो नदिने उनको चासो छ ।
अहिले व्यवसायी मात्र होईन अर्थमन्त्री र गर्भनर समेत बैंकले अस्वभाभिक रुपमा नाफा गरेको बताउन लागेका छन् । हो
मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरेर अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका छन्, ‘बैंकले सुपर नर्मल प्रोफिट कमाउने वातावरणबाट व्यवसाय फस्टाउँदैन् । अब बैंक मात्रै नाफामा जाने अनि व्यवयाय अघि नबढ्ने अवस्था रहँदैन्, प्रतिष्पर्धाको स्तर बढ्दै गएर ब्याजदर घट्दै जानुपर्छ ।’
अर्थमन्त्री डा। युवराज खतिवडाले बैंक मात्रै नाफामा जाने तर तिनै बैंकबाट ऋण लिएर सञ्चालित व्यवसाय भने खुम्चिँदै जाने अवस्था अब रहन नहुने बताउँदै आएका छन् ।
२८ वटा बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७४÷७५ मा ५१ अर्ब २८ करोड रुपैंयाँ नाफा कमाए । जुन अघिल्लो बर्षको भन्दा ९ अर्ब २१ करोड अर्थात २१.८९ प्रतिशतले बढी हो ।
तर मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली भने बैंकले व्यजदर घटाउन समय लाग्ने बताएकी छन् । उनले व्यजदार एकैपटक स्वत्तै घट्दैन विस्तारै घट्दै जाने बताईन् ।
FACEBOOK COMMENTS