काठमाडौं – नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको साधारण सभाले आर्थिक वर्ष २०७४ ७५ को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
१४औं वार्षिक उत्सबको अवसरमा अयोजित कार्यक्रममा उक्त प्रतिवेदन पारित गरेको हो ।
सो अवसरमा ट्राफिक प्रहरी महाशाखाका चोरी नियन्त्रण शाखाका प्रमुख तथा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीले मोटरसाइकल चोरी नियन्त्रणका लागि रिकन्डिसन व्यवसायीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउदै आगामी दिनमा संघ र ट्राफिक प्रहरी बीचमा सहकार्य गर्न सकिने बताए ।
टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष तथा नाडा कार्यसमिति सदस्य दीपक अग्रवालले मोटरसाइकल आयातकर्तासँगै रिकन्डिसन व्यवसाय समेत विस्तार भइरहेको समयमा दुवै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताए ।
नेपाल रिकन्डिसन व्यवसायी संघका अध्यक्ष बी. एन. पाठकले गत वर्ष मोटरसाइकल नामसारी लगायतका कार्यका लागि जाने व्यवसायीहरुलाई यातायात कार्यालयमा परिचय पत्र प्रदान गर्ने, सेवाग्राहीलाई आवश्यक सल्लाह प्रदान गर्ने, ट्राफिक प्रहरीसँग अन्तरक्रिया गर्ने आदि कार्य संघले सम्पन्न गरेको जानकारी दिए ।
FACEBOOK COMMENTS