काठमाडौं, फागुन १२- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ । बैठकपछि परराष्ट्रमन्त्री एवं आली समूहका नेता प्रदिप ज्ञवालीले आज बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।
सर्वोच्चको आदेशबमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष रहेको बताउँदै नेता ज्ञवालीले भने, ‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ।’ उनले तोकिएकै समयभित्र संसद् बैठक बोलाउने बताए । सर्वोच्च अदालतले मंगलबार फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।
आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलााउने निर्णय गरेको छ। ज्ञवालीले भोलि पनि बैठक जारी रहने जानकारी दिए। आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने उनले बताए ।
FACEBOOK COMMENTS