काठमाण्डौँ — नेपालका उद्योगलाई आवश्यक पर्ने फलफुलको जुस, सिमेन्ट बनाउन प्रयोग हुने फलामको धुलो, र खरानी तेस्रो मुलुकबाट आयात भइरहेको छ ।
पूर्वी नाका काँकडभिट्टाबाट ठूलो परिमाणमा यस प्रकारका सामग्री आयत गरिएको मेची भन्सार कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।
काँकडभिट्टा नाका हुँदै सबैभन्दा धेरै पेट्रोलियम पदार्थ भित्रने गरेको छ ।
बंगलादेशबाट जुस र भारतबाट खरानीसहित फलामको धुलो बढी भित्रने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल बताउँछन् ।
पेट्रोलियम पदार्थ र उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयात बढेकाले आयतको हिस्सा फैलिँदै गएको छ ।
भारतबाट फलामको धुलो, खरानीर बंगलादेशबाट जुस भित्रने परिमाण पछिल्लो समय उच्च रहेको तथ्याङ्कले देखाउँछ ।
– कारोबार
FACEBOOK COMMENTS