काठमाडौँ, भदौ २८ – काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान पनि उपभोक्तालाई झुक्याएर बेचिरहेको खुलेको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा बेच्न राखिएका समानसँगै म्याद गुज्रिएका सामान पनि राखिएको भेटिए ।
ब्यापारीहरुले त्यो सामनान म्याद गुज्रिएकोले राखिएको बताएपनि छुट्टै व्यवस्थापन नगरेको पाइएको हो । ती समान सकेसम्म उपभोक्तालाई नै बेच्ने नियम देखिएको छ ।
अनुगमन टालीका अनुसार कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ गरेको होरु उपभोग्य मिति कहिलेसम्म हो, उल्लेख पाइएन ।
चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने, तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या पनि देखिएका छन् ।
यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको नदेखिएको टोलीका एक सदस्यले बताए । सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने गर्दा म्याद गुज्रिएका समान पनि भन्छासम्म पुगिरहेको खुलेको छ ।
भदौ २७ र २८ गते चावहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा उपभोक्ताले पनि प्याकेटमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरेको नदेखिएको हो । उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या पनि देखिएको छ ।
FACEBOOK COMMENTS