काठमाडौं, पुस १ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएका छन् । नेकपाका एक नेताले फरकधारलाई बताएअनुसार ओली अध्यादेश फिर्ता लिन तयार भएपछि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सहभागी हुन गएका हुन् ।
यसअघि यो बैठकमा ओली सहभागी भएका थिएनन् । बैठकमा ओली सहभागी नभए पछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग छलफलमा जुटेका थिए । ओली अध्यादेश फिर्ता लिन तयार भएसँगै प्रचण्ड–माधव नेपाल समूहले पनि तत्कालका लागि संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिसँग गरेको अनुरोध फिर्ता लिने भएको छ ।
नेकपाका एक शीर्ष नेताका अनुसार अब स्थायी कमिटी बैठकमा यस विषयमा छलफल हुनेछ ।
FACEBOOK COMMENTS