काठमाडौं- बालबालिकाहरूलाई अनलाइन ‘गेमको’ लतबाट जोगाउनका चीन सरकारले नयाँ रणनिती अपनाएको छ। यसकालागि चीन सरकारले खेल खेल्ने समयमा प्रतिबन्ध, उमेर समुह र खर्चको सीमा तोकिदिएको छ ।
अबदेखि अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिएको छ। उनीहरुलाई हप्तामा ९० मिनेट र बिदाको दिन तीन घण्टासम्म अनलाइन गेम खेल्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।
भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको निष्कर्ष निकाल्दै यस्तो निती ल्याइएको सरकारी निकायले जनाएको छ ।
मङ्गलवार सार्वजनिक गरिएको सरकारी निर्देशनमा अनुसार आठदेखि १६ वर्षकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन्।
अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो।
अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो।
त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो जुन नौ महिनासम्म लागु हुँदा ठूला उद्योगमा असर परेको थियो।
विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो। चीनले भिडिओ गेममा कडाइ गरेपछि पहिलो पटक गेमको बजारमा अमेरिकाको कमाइले चीनको कमाइ पछि पारेको रिसर्च फर्म न्यूजले जनाएको छ ।
FACEBOOK COMMENTS