काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउनको समयमा पनि खुलेको काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द गराइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालको निर्देशनमा भाटभटेनी बन्द भएको हो ।
अन्य साना पसलहरू बन्द भए पनि भाटभटेनी भने खुला हुँदा संक्रमणले उग्र रूप लिन सक्ला भन्दै भाटभटेनी सुपरमार्केट बन्द गराइएको वडाध्यक्ष ढकालले जानकारी दिए । उनका अनुसार सुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको छ ।
सामाजिक दुरी कायम गरेर १० र १० मिटरको दुरी कायम गरेर स्टोर खोलेको दावी गरेपनि भित्र ठूलो भिड लाग्ने गरेको पाईये पछी यस्तो निणय लिन परेको हो । भित्र दुरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए । साना पसलहरू सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।
ब्रिटेनमा समेत सुपरमार्केट बाट नै कोरोना फैलिएको थियो । ब्रिटेनका प्रधान मन्त्री समेत सुपरमार्केटमा गएर स्याउ खाएपछी कोरोना संक्रमण भएर मूत्यु कै मुखसम्म पुगेका थिए ।
सरकारले अनलाईन माफर्त ब्यापार गर्न भाटभटेनीलाई सुझाए पनि स्टोरका साउ मिनवाहादुर गुरुङले टेरपुछर लगाएनन् । माथिल्लो निकाय सम्म पहुच रहेका गुरुङ भाटभटेनि अवस्थीत स्टोर नै ललीता निवासको जग्गामा अबैध रुपमा सञ्चालन गरीरहेका छन् ।
नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरी सकेको अवस्थामा लकडाउन लाई नै प्रभाव पार्ने गरी हजारौको भिड जम्मा गरेर आफ्नो दुनो मात्र सोझाउदा भोलि संक्रमणको कारन भाटभटेनी सुर्परर्माकेट नै बन्नेमा अव दुईमत नहोला ।
वडाध्यक्षको ठाडो निर्देशनमा अनामनगरको बन्द भए पनि भक्तपुर लगायतका उपत्यकाका ६ ठाउँमा भने भाटभटेनी दैनिक विहान १० बजेदेखी बेलुका ७ बजेसम्म हुल जम्मा गरेर सरकारको निर्देशन उडाए रै बसेको छ ।
FACEBOOK COMMENTS