एजेन्सी – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ ओरालो लाग्न थालेको छ ।
पछिल्लो ४ दिनमा पेट्रोलको भाउ घटेर ब्यारेल ८३.७३ डलरबाट घटेर ७९.३१ डलर कायम भएको छ । ४ दिनमै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ प्रतिव्यारेल ४ डलर घटेको हो ।
एक भारतिय पत्रिकाका अनुसार डिजेलको मूल्य व्यारेलको ८७.७३ बाट घटेर ८२.७२ मा सीमित भएको छ । अन्तर्राष्ट्रिय बजारमा डिजेलको भाउ ५ डलर बढी घटेको छ । यसको परिणाम दिल्लीमा डिजेलको भाउ १४ पैसा घटेर लिटरको ६८.४७ भारु भएको छ । यस्तै पेट्रोलको भाउ ११ पैसा कमीआई लिटरको ७६.८४ पैसा कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले पेट्रोलियमका मूल्यमा कमी आउने भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS