काठमाडौं – चौथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ।
महिला उद्यमी महासंघ नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा चैत १४ देखि १८ गतेसम्म व्यापार मेला गर्न लागेको हो।
मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी, निर्यातकर्ताका र विदेशी मुलुकका उद्यमी महिलाको सहभागिता रहने महासंघकी अध्यक्ष शारदा रिजालले जानकारी दिइन्।
यो मेलाले महिला उद्यमीको श्रम र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उनीहरुको पहिचान बनाउन सघाउ पुग्ने महासंघले जनाएको छ।
साथै उद्यमी महिलालाई अघि बढ्न प्रोत्साहित गर्ने विश्वास महासंघको छ।
– नागरीक
FACEBOOK COMMENTS