काठमाडौं, मंसिर १८- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ । दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता जोगाउँन नसक्दा नेपालले बराबरी खेलेको हो ।नेपालका कप्तान सुजल श्रेष्ठले ३७ मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । थप गरिएको चार मिनेटको इन्जुरी समयमा जज सुपानले गोल गर्दै श्रीलंकालाई हारबाट जोगाएका थिए ।
यो बराबरीसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।
FACEBOOK COMMENTS