काठमाण्डौँ — पोखरामा आगामी वैशाख १ गतेसम्म अन्नपूर्ण केबलकारको परीक्षण सुरु गर्ने तयारी गरिएको छ ।
अन्नपूर्ण केबलकार नेपाली नयाँ वर्षको अवसर वैशाखमा परीक्षण सुरु गर्ने गरी तयारी तीव्र पारिएको सञ्चालक निर्देशक मध्यका एक तीर्थराज त्रिपाठीले बताए ।
पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टका रूपमा आफूहरूले विकसित गर्न खोजिएको हो ।
अन्नपूर्ण केबलकारको हालसम्म करिब ७० प्रतिशतजसो निर्माण कार्य सम्पन्न भएको निर्देशक त्रिपाठीले बताए ।
उनका अनुसार फेवातालको किनार सेदीबगरबाट सराङकोटसम्म जोड्न १३ वटा पोलमध्ये हालसम्म १० वटा पोल जडान भइसकेका छन् ।
— कारोबार
FACEBOOK COMMENTS