काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँलाई सिसी टीभी जडान गर्न काठमाडौँ महानगरपालिकाले तीन करोड रकम सहयोग गरेको छ ।
महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो ।
सो रकम काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् ।
महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत सो रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले महानगर प्रविधिमैत्री हुनुपर्ने बताउँदै सुरक्षित शहर बनाउन सिसी टिभीको महत्वपूर्ण भूमिका रहेको बताए । “सिसी टिभीले अपराध नियन्त्रण, वैज्ञानिक प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ,” उनले भने ।
FACEBOOK COMMENTS