काठमाडौ, १३ असार -अपांगता भएकाहरूलाई सीप क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन,अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर मन्टेश्वरी तालिम शुरूवात भएको छ। सामाजिक विकास मन्त्रालयको समुदायमा आधारित सि.बि.आर कार्यक्रम अन्तर्गत २० जनालाई मन्टेश्वरी तालिम दिन लागिएको हो। उक्त साथ ७ दिने तालिम काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका स्थित आठ तेज विनायक जेष्ठ नागरिक भवनमा संचालन गरिएको छ । अपाङ्गता भएको व्यक्तिहरूको रोजगारी सिर्जना गराउन मद्दत पुयाउने उद्देश्यका साथ मन्टेश्वरी तालिम सुभारम्भ गरिएको हो। युवा अपाङ्ग संगठन नेपाल जोरपाटीको आयोजनामा संस्थाको अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्व र कागेश्वरी मनहरा नगरपालिका उप प्रमुख बिन्दु पुडासैनीको प्रमुख आतिथ्यतामा आज कार्यक्रमको शुभारम्भ गरियो । उक्त कार्यक्रममा वडा अध्यक्ष प्रकाश फुयाल, वडासदस्य एवम अन्य बुद्धिजीवीको उपस्थिति रहेको थियो । विगत दशबर्ष देखि अपांगता भएका ब्यक्तिहरुको हक,अधिकार संरक्षण,रोजगार र प्रवर्धन गर्नको लागी स्थापना भएको यस संस्था मार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्तिले मोवाइल रिपेरिङ,सिलाईबुनाई लगायतका स्वरोजगारमुलक तालिम प्राप्त गरेका छन ।
FACEBOOK COMMENTS