काठमाडौं, श्रावण २२ -नेपालमा फरक क्षमता ९अपांगता०भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ।
बुधवार ललितपुरमा दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि सो जानकारी गराइएको छ ।
विश्वब्यापी फैलिएको कोरोना को महामारीलाई मध्ये नजर गरि सामाजिक दुरि कायम गरिएको कार्यक्रम विश्व साइकल यात्री चित्र पौडेलको सभापतित्व र डा समीर मणी दिक्षितको प्रमुख आतिथ्यता र राष्ट्रिय अपाङ्ग पत्रकार संघका केन्द्रीय अध्यक्ष रबिन प्रसाद थपलिया,बरिष्ठ कलाकार किरण के सी, सुरेन्द्र के सी, बिश्व साइकल यात्री पुष्कर शाह,पुर्व राज्यमन्त्री बिराज बिष्ट, ज्योति के सी, गणेश राई लगायतका अतिथिहरूको उपस्थितिमा पत्रकार मिलन लामाको संचालनमा सम्पन्न भयो।
कार्यक्रम नेपालको लागि अहिलेसम्म कै पहिलो अवार्ड हुनेछ। अवार्डमा सहभागिता जनाउनको लागि देशका सातैवटा प्रदेशका मुख्य शहरहरु बिर्तामोड, ईटहरी, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगंज, धनगढिबाट फरक क्षमता भएका विभिन्न विधाका प्रतिभाहरु छनौट गरी अवार्डको आयोजना काठमाडौंमा गरिने जनाईउको छ ।
अवार्डमा सहभागिता जनाउनेले नृत्य, गायन, चित्रकला, हस्तकला, आविस्कार, तथा संगीतिक कला प्रस्तुत गर्न सक्नेछन, जसमा प्रतिस्पर्धाका आधारमा उत्कृष्टलाई विजेता घोषणा गरिने छ । विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने छन्।
अवार्ड कार्यक्रमको संयोजनकर व्यवस्थापकमा विश्व साइकल यात्री चित्र पौडेल र रश्मि शाक्य रहेका छन्् । व्यवस्थापनको जिम्मा युनिक भिजन डन्टरटेनमेन्ट, लायन्स क्लब अफ काठमाडौ र राईजिङग गोल्डडेन डिमले गर्ने भएका छन। प्रतियोगिता आयोजक समितिमा टिका थापा मगर, अनिता पौडेल, सुजता देवन रहेका छन्।
FACEBOOK COMMENTS