काठमाडौं, मंसिर २५ – अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ। जलालाबादस्थित कार्यालय जाने क्रममा मलाला माइवन्डलाई अज्ञात समूहले गाडीमा गोली हानि हत्या गरेको हो। उनीसँगै उनका ड्राइभर मोहम्मद ताहिरको पनि हत्या भएको बिबिसीले जनाएको छ।
अहिलेसम्म कुनै पनि समूहले उनीमाथि भएको आक्रमणको जिम्मेवारी लिएका छैनन्। माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन्।
उनी एक महिला अधिकारकर्मीसमेत थिइन्। यसअघि उनकी आमाको पनि ५ वर्षअघि हत्या भएको थियो।
FACEBOOK COMMENTS